पोखरा विमान दुर्घटना

पोखरा विमान दुर्घटनाको प्रारम्भिक तथ्य : दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा जाँदा दुर्घटना

सोमबार, माघ २३, २०७९

काठमाडौँ– गत माघ १ गते पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको एटीआर–७२ (९एन–एएनसी) विमानको फलाइट रेकर्डर (एफडीआर) र ककपिट भ्वाइस रेकर्डर (सीभीआर)को अध्ययन तथा विश्लेषण गर्ने काम सम्पन्न भएको छ । 

सोमबार दुर्घटना जाँच आयोगले जारी गरेको विज्ञप्तीमाअनुसार अवतरण गर्ने क्रममा जहाज को  ‘बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरु फेदर’मा गएको देखिएको छ । ‘उक्त जहाजका दुवै इन्जिनका प्रोपेलर फेदरमा किन गयो भन्ने बारे भने आयोगले प्राविधिक र मानवीय दुवै पक्षबारे थप अनुसन्धान अगाडि बढाइएको छ,’ विज्ञप्तीमा भनिएको छ ।

आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले जारी गरेको विज्ञप्तीमा आयोगले सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेष्टिगेसन ब्यूरोमा फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर डाटा विश्लेषण गरिएको उल्लेख गरेको छ । आयोगका संयोजक, हवाई विज्ञ र सदस्यसचिव सिंगापुर गएका थिए । उनीहरु अनुसन्धान र विश्लेषणपछि नेपाल फर्किएका छन् ।

एभियसन प्राविधिकका अनुसार जहाज को इन्जिनका प्रोपेलरहरु फेदर’मा गएको अवस्थामा जहाजमा अत्यधिक घर्षण उत्पन्न हुन्छ । जहाजलाई अगाडि हुत्याउने सामार्थ्य इन्जिनमा हुँदैन र जहाज आकाशबाट कुनै गह्रौं वस्तु खसे जसरी भुइँमा खस्ने गर्छ ।

फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको डाटाको विश्लेषण गर्ने क्रममा सिंगापुरस्थित एटीआर जहाजको सिमुलेटरमा विभिन्न फलाइट र प्राविधिक पक्षको थप अध्ययन समेत भएको आयोगले जनाएको छ ।

दुर्घटना जाँच आयोगले जारी गरेको विज्ञप्ती:

biman_durghatana1675692135.jpg

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १९:४५
प्रतिक्रिया दिनुहोस्