टर्की भूकम्प : मृतक संख्या ५०० नाघ्यो

सोमबार, माघ २३, २०७९

काठमाडौँ –टर्कीमा सोमबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ५०० नाघेको छ । दक्षिणपूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भू–भागमा केन्द्रविन्दु रहेको ७ दशमलव ८ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ५०० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएको छ ।

टर्कीका उपराष्ट्रपति फुआत ओक्टेले टर्कीमा मात्रै २८४ जनाले ज्यान गुमाएका जनाएका छन् । सिरियामा २३० जनाभन्दा बढीको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

सिरियाली स्वास्थ्य मन्त्रालयले भूकम्पबाट अलेप्पो, लटाकाइ, हामा र टर्टस प्रान्तमा मानिसको मृत्यु भएको जनाएको छ ।

भूकम्पबाट १० वटा सहरमा ठूलो क्षति पुगेको बताइएको छ ।

टर्कीमा २३२३ जना र सिरियामा ६३९ जना घाइते भएका छन् ।

यसअघि सन् १९९९ मा देशको उत्तर पश्चिममा गएको शक्तिशाली भूकम्पमा परी १७ हजार मानिसको ज्यान गएको थियो ।

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १४:५९
प्रतिक्रिया दिनुहोस्