टर्कीमा ७.८ म्याग्निच्युडकाे शक्तिशाली भूकम्प, विवरण आउन बाँकी

सोमबार, माघ २३, २०७९

काठमाडाैँ – टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण ठुलो जनधनको क्षति भएको छ । साेमबार बिहान ६.४७ बजे गाजियनटेप नजिकै आएको थियो

 भूकम्पकाे धक्का टर्कीसँगै सिरियासम्म पुगेकाे अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । पहिलो भूकम्प गएको करिब ११ मिनेटपछि ९.९ किलोमिटर गहिराईमा ६.७ म्याग्निच्युडको अर्को भूकम्प गएकाेछ ।

यसको प्रभाव साइप्रस, टर्की, ग्रीस, जोर्डन, लेबनान, सिरिया, इराक र जर्जियामा परेको छ ।

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  ०९:०३
प्रतिक्रिया दिनुहोस्