कामना सेवा विकास बैंकका सीईओसहित ४ जना रिहा

शुक्रबार, माघ २०, २०७९

काठमाडौँ– चलनचल्तीको मूल्यभन्दा उच्च धितो राखेर बढी ऋण प्रवाह गरेको आरोेपमा पक्राउ परेका कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेतसहित ४ जना थुनामुक्त भएका छन् ।

बस्नेतसहित तत्कालीन शाखाका रिस्क प्रमुख वीरेन्द्र सिंह भण्डारी, ऋणि हरेन्द्र दाहाल र चन्द्रबहादुर थापालाई हाजिरी जमानतमा छाडिएको इलाका प्रहरी कार्यालय, दमकका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलिप गिरीले बताए ।

कमसल धितोमा कर्जा प्रवाह गरेको आशंकामा सुरुमा कामना सेवा विकास बैंकले अनुसन्धान थालेको थियो ।

हाल पक्राउ परेका सीईओ बस्नेत स्वयम्ले आन्तरिक छानबिन सुरु गराएका थिए । समस्या देखिएपछि कामना सेवा विकास बैंकले नेपाल राष्ट्र बैंकलाई खबर गरेको थियो । राष्ट्र बैंकले छानबिनपछि कैफियत देखिएको भन्दै अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई खबर गरेको थियो ।

डीएसपी गिरीका अनुसार आर्थिक वर्ष ०७६/७७ मा चार जनालाई अनियमितरुपमा यो रकम प्रवाह भएको पाइएको छ । घटनामा संलग्नहरुलाई बैंकिङ कसूर र सरकारी दस्तखत कीर्ते सम्बन्धी कसूरमा मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय, झापाका एसपी दुर्गाराज रेग्मीले बताए ।

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  २१:००
प्रतिक्रिया दिनुहोस्