इथियोपिया लैजाने प्रलोभनमा भारत पुर्‍याइएका १२ जना महिलाको उद्धार

शुक्रबार, माघ २०, २०७९

काठमाडौँ –नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले १२ जना महिलाहरुलाई भारतबाट उद्धार गरेको छ । 

व्युरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर मंसिर र पुस महिनामा भारत पुर्‍याइएका महिलाहरुलाई उद्धार गरेको हो । 

उनीहरुलाई नेपालका बिभिन्न नाकाबाट भारत लगिएको थियो । 

भिजिट भिसामा दुवई हुँदै इथियोपियामा बैदेशिक रोजगारीमा लैजाने प्रलोभन देखाई भारतको जयपुरमा राखिएको अवस्थामा १२ जना महिलाहरुलाई उद्धार गरिएको प्रहरीले बताएको छ ।  

उनीहरू मानव बेचविखन ओसारपसार अपराधको उच्च जोखिममा रहेकाले तत्काल उद्धार गर्न ब्युरोमा सूचना आएपछि नयाँ दिल्लीमा रहेको नेपाली दूतावास, भारतीय प्रहरी र नेपालस्थित शान्ति पुनस्र्थापना केन्द्रको सहकार्यमा उद्धार गरिएको ब्युरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए । 

ब्युरोले नेपालबाट हराएकी एक बालिकाको पनि भारतबाट उद्धार गरिएको जनाएको छ । बालिकालाई भारतको तान्त्रिकलाई बेचबिखन गर्ने तयारी भइरहेको अवस्थामा उद्धार गरिएको ब्युरोका निर्देशक श्रेष्ठले बताए । 

मामाघर गएकी बालिकालाई बन्धक बनाई भारतको पहाडगन्ज नयाँदिल्ली पु¥याउने ६ जनाको गिरोहलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १४:५७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार