नेभिगेशन
समाज विविध

अख्तियारको लोकगीत प्रतियोगिता

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३२औँ स्थापना दिवसको उपलक्ष्यमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सदाचारसम्बन्धी चेतनामूलक राष्ट्रव्यापी लोकगीत प्रतियोगिता गरेको छ ।

आयोगले गरेको कार्यक्रममा विभिन्न चरणबाट छानिएका १५ समूहले आज अन्तिम स्पर्धामा भाग लिएका हुन् ।

अख्तियारको स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त डा. हरि पौडेलले आयोगले भ्रष्टाचार न्यूनीकरणसम्बन्धी चेतनामूलक प्रतियोगिताका माध्यमबाट आमजनतालाई सचेत गराएको बताए ।

उनले भ्रष्टाचार नियन्त्रणका लागि बनेका कानुनको आवश्यक पालना र न्यूनीकरणलाई ध्यानमा राखेर आमजनतामा सचेतना फैलाउन लोक दोहोरीमार्फत उजागर गरिएको बताए ।

लोक दोहोरी सबै क्षेत्रमा सुनिने र आममानिसले सहज रूपमा बुझ्ने भएकाले अख्तियारसम्बन्धी नीति नियम गीतका माध्यमबाट प्रस्ततु गरिएको बताए । 

त्यस्तै कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा। बैकुण्ठ अर्यालले भ्रष्टाचार न्यूनीकरणका लागि चालिएका आवश्यक कदमलाई आमजनतामा सहज रूपमा बुझाउन यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले जनस्तरमा जनचेतना फैलाउन गीत, संगीत सहज र उत्कृष्ट माध्यम हुने भएकाले कानुनसम्बन्धी जानकारी गीतबाट पाउन सकिने बताए ।

सो अवसरमा प्रतियोगी कलाकारहरूले अख्तियारसम्बन्धी चेतनामूलक गीत गाएर सुनाए । समाज परिवर्तनका लागि आवश्यक नीति, नियम, कानुनका बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा कलाकारहरूले आ–आफ्ना गीत प्रस्तुत गरे ।

राष्ट्रव्यापी लोकगीत प्रतियोगितामार्फत भ्रष्टाचारविरुद्ध सचेतना र भ्रष्टाचार न्यूनीकरणको अभियानलाई जनस्तरसम्म पु¥याउने लोकभाकाहरू गीतमा प्रस्तुत थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध