नेभिगेशन
समाज विविध

पूर्वप्रधानसेनापति रुक्मांगद कट्‍वालको उपचार आइसियूमा हुँदै

काठमाडौँ– पूर्वप्रधानसेनापति रुक्मांगद कट्‍वाललाई आइसियूमा राखेर  उपचार भइरहेको छ ।

उनी गत मंगलबार उपचारका लागि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएको र त्यसैबेलादेखि आइसियूमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले बताएको छ ।  

दुवै मिर्गौला फेल भएपछि कट्‍वालले हरेक साता मंगलबार र शुक्रबार डाइलासिस गराउँदै आएका थिए । 

तर, पछिल्लो पटक स्वास्थ्यमा थप समस्या देखिएपछि उनी उपचारका लागि छाउनीस्थित सैनिक अस्पताल पुगेका थिए । 

अस्पताल स्रोतका अनुसार कट्‍वाललाई पल्मनेरी ह्यामरेज भएको छ । अहिले उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले बताएको छ ।  

गत मंगलबारदेखि नै कट्‍वालको उपचार आइसियूमा भइरहेको अस्पताल स्रोतले बताएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध