सांसद चाैधरी कारागार चलान

शुक्रबार, माघ २०, २०७९

काठमाडाैँ – सांसद अरूण कुमार चाैधरी कारागार चलान भएका छन् । 

फरार रहेका उनलाई  प्रहरीले बाँकेबाट पक्राउ गरेकाे हाे । १० वर्ष अघि ट्याक्टरमा आगजनी गरेकाे अभियाेगमा जिल्ला अदालत कैलालीले ६ महिना कैद र ८ लाख १८ हजार ४३२ रूपैयाँ जिवानाकाे फैसला सुनाएकाे थियाे । 

चाैधरी नागरिक उन्मुक्ति पार्टीका कैलाली क्षेत्र नं. २ बाट निर्वाचित सांसद हुन् । 

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  ११:३४
प्रतिक्रिया दिनुहोस्