ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु

शुक्रबार, माघ २०, २०७९

काठमाडाैँ – शिवसताक्षी नगरपालिका–१ धरमपुरमा २ वटा ट्रक एकापसमा ठोकिँदा शुक्रबार बिहान २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा ना३ख ८३११ नंका चालक मदन चौधरी र सोही ट्रकका सहचालक रहेका छन् । सहचालकको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए।
 
उनका अनुसार पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व आउँदै गरको ना६ख ८८९५ नंको ट्रकलाई पछाडिबाट जाँदै गरेको ना३ख ८३११ नंको ट्रकले ठक्कर दिएको थियो । सोही ठक्करबाट चौधरी र सहचालकको मृत्यु भएको हो ।

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १०:०८
प्रतिक्रिया दिनुहोस्