रविलाई न्याय दिन माग गर्दै आत्मदाह प्रयास

बिहीबार, माघ १९, २०७९

काठमाडौँ– निवर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै जुम्लाका एक युवकले आत्मदाह प्रयास गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार ४० वर्षीय गोकर्ण कार्कीले आत्मदाह प्रयास गरेका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सवारी चालक रहेका कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन् ।

मेडिकल कलेजको गेटअगाडि आत्मदाहको प्रयास गरेका उनलाई प्रहरीले उद्धार गरेको छ ।

समयमै उनको उद्धार गरेकाले  कुनै अप्रिय घटना भने हुन नपएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १६:४३
प्रतिक्रिया दिनुहोस्