माघ १९ मा ज्ञानेन्द्र शाहले अपदस्थ गरेको मन्त्रिपरिषद्‍मा को–को थिए मन्त्री ?

बिहीबार, माघ १९, २०७९

काठमाडौँ– ठ्याक्कै १८ वर्षअघि आजकै दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले मन्त्रिपरिषद् अपदस्थ गरेर आफ्नै अध्यक्षतामा सरकार बनाएका थिए भने जननिर्वाचित संसद् विघटन गरेका थिए । 

शासकीय महत्वाकांक्षाले उनले त्यसबेला राज्यको सम्पूर्ण कार्यभार आफ्नो कब्जामा लिएका थिए । त्यही दिन अर्थात् २०६१ साल माघ १९ गते नेपालमा राजतन्त्र अन्त्यको प्रस्थान बिन्दु बन्यो र नेपालको इतिहासमा माघ १९ लाई ‘कालो दिन’ अर्थात् राजनीतिक ‘कू’ भएको दिनका रूपमा चिनिन्छ ।

ज्ञानेन्द्र शाहले अपदस्थ गरेको मन्त्रिपरिषद्को नेतृत्व शेरबहादुर देउवाले गरेका थिए । प्रतिगमन आधा सच्चिएको भन्दै नेकपा एमाले देउवा नेतृत्वको सरकारमा सहभागी भएको थियो । एमाले, भरतमोहन अधिकारीको नेतृत्वमा सरकारमा सहभागी भएको थियो । 

त्यही सरकारलाई विघटन गरेर शाहले आफ्नै नेतृत्वमा सरकार बनाए । माघ १९ मा सरकारी सञ्चारमाध्यमबाट देशबासीका नाममा सम्बोधन गर्दै उनले शासन सत्ता आफ्नो नेतृत्वमा लिएको घोषणा गरेका थिए ।

त्यसपछि शाहले देशमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोनसमेत बन्द गराए ।

राजनीतिक दलका नेताहरूलाई पक्राउ गर्दै नजरबन्दमा राखियो । सञ्चारमाध्यमहरूमा समेत सेना खटाएर नियन्त्रण गरिएको थियो ।

ज्ञानेन्द्र शाहको यही कदमपछि २०६२ मंसिरमा तत्कालीन ७ राजनीतिक दल र तत्कालीन विद्रोही माओवादीबीच दिल्लीमा १२ बुँदे सहमति भयो । 

१२ बुँदे सहमतिकै जगमा २०६२ चैत २४ गते सुरु भई २०६३ वैशाख ११ सम्म चलेको १९ दिने आन्दोलनलकै कारण राजा ज्ञानेन्द्र संसद् पुनर्स्थापना गर्न बाध्य भए । आफैँले पुनर्स्थापना गरेको संसद्ले राजतन्त्रका सम्पूर्ण अधिकार कटौती गर्‍यो । 

२०६४ चैतमा भएको पहिलो संविधानसभाको निर्वाचनपछि गठन भएको संसद्ले २०६५ जेठ १५ मा नेपालका राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा गर्‍यो ।

क्र.सं.

नाम थर

पद

कार्यविभाजन

शेरबहादुर देउवा

प्रधानमन्त्री

राजदरबारसम्बन्धी, रक्षा र परराष्ट्र

भरतमोहन अधिकारी

उपप्रधानमन्त्री

अर्थ

डा. मोहम्मद मोहसिन

मन्त्री

सूचना तथा सञ्चार

बद्रीप्रसाद मण्डल

मन्त्री

वन तथा भू–संरक्षण

बालाराम घर्तीमगर

मन्त्री

विज्ञान तथा प्रविधि

विमलेन्द्र निधि

मन्त्री

शिक्षा तथा खेलकुद

प्रकाशमान सिंह

मन्त्री

भौतिक योजना तथा निर्माण

अशोककुमार राई

मन्त्री

स्वास्थ्य

पूर्णबहादुर खड्का

मन्त्री

गृह

१०

दीपकुमार उपाध्याय

मन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

११

ईश्वर पोखरेल

मन्त्री

उद्योग, वाणिज्य तथा आपूर्ति

१२

युवराज ज्ञवाली

मन्त्री

स्थानीय विकास

१३

जोगमेहर श्रेष्ठ

मन्त्री

भूमिसुधार तथा व्यवस्था

१४

होमनाथ दहाल

मन्त्री

कृषि तथा सहकारी

१५

रघुजी पन्त

मन्त्री

श्रम तथा यातायात व्यवस्था

१६

वाचस्पति देवकोटा

मन्त्री

जनसंख्या तथा वातावरण

१७

अष्टलक्ष्मी शाक्य

मन्त्री

महिला, बालबालिका तथा समाज कल्याण

१८

टेकबहादुर चोख्याल

मन्त्री

कानुन, न्याय तथा संसदीय मामिला

१९

कृष्णलाल थकाली

मन्त्री

सामान्य प्रशासन

२०

ठाकुरप्रसाद शर्मा

राज्यमन्त्री

जलस्रोत

२१

डा. प्रकाशशरण महत

राज्यमन्त्री

परराष्ट्र

२२

कृष्णगोपाल श्रेष्ठ

राज्यमन्त्री

स्थानीय विकास

२३

बालकृष्ण खाँण

राज्यमन्त्री

शिक्षा तथा खेलकुद

२४

उर्वादत्त पन्त

राज्यमन्त्री

श्रम तथा यातायात व्यवस्था

२५

डा. वंशीधर मिश्र

राज्यमन्त्री

स्वास्थ्य

२६

प्रतिभा राणा

राज्यमन्त्री

विज्ञान तथा प्रविधि

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १४:०५
प्रतिक्रिया दिनुहोस्