ललितकलाको माध्यमबाट विदेशमा पनि नेपाल चिनिए : प्रधानमन्त्री

बिहीबार, माघ १९, २०७९

काठमाडौँ –प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितकलाको क्षेत्रमा भएका योगदानको राष्ट्रले सधैँ कदर गर्ने बताएका छन् ।

बिहीबार ललितकला गुठी काठमाडौँको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ललितकला प्रतिष्ठानले ललितकलाको क्षेत्रमा नेपाललाई स्थापित र परिचित गर्ने काम गरेको बताएका हुन् ।

उनले प्रतिष्ठानले देशमा मात्र नभइ ललितकलाको माध्यमबाट विदेशमा पनि नेपाललाई चिनाएको बताए । उनले ललितकला प्रतिष्ठानले संस्थागत स्वरुप ग्रहण गरेकोमा खुशी व्यक्त गरे ।

प्रधानमन्त्रीले प्रतिष्ठानलाई ललितकला सम्बन्धी कुनै समस्या र चुनौति भए लिखित रुपमा आफूलाई दिन आग्रह गर्दै आफूले प्रतिष्ठानको संरक्षण र संवद्र्धनका लागि आवश्यक पहल गर्ने उल्लेख गरे ।

pm prachanda 11675323096.jpg

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १३:१४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार