डुङ्गा डुब्दा ज्यान गुमाउने विद्यार्थीको सङ्ख्या ५२ पुग्यो

बुधबार, माघ १८, २०७९

इस्लामाबाद– पाकिस्तानको उत्तरपश्चिमी खैबरपख्तुनख्वा प्रान्तमा गत आइतबार डुङ्गा डुब्दा ज्यान गुमाउने विद्यार्थीको सङ्ख्या ५२  पुगेको छ ।   

प्रान्तको कोहाट जिल्लास्थित टाँडा बाँधबाट २१ जनाको शव निकालिएको उद्धारकर्मीले बताएका छन् । 

ज्यान गुमाएका अधिकांश सात देखि १४ वर्षका स्कूले केटाकेटी हुन् । उनीहरू वनभोज खान बाँध क्षेत्रमा पुगेका थिए । गोताखोरले  १६ जनालाई उद्धार गरेका थिए । 

उद्धारमा देशको जल तथा स्थलसेना परिचालन भएको थियो । हराइरहेका दुई जना विद्यार्थीको अझै खोजी भइरहेको कोहाट जिल्लाका प्रहरी अधिकृत अब्दुल रफुर बाबर कुरेसीले जानकारी दिएका छन् । 

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १८:३२
प्रतिक्रिया दिनुहोस्