बागलुङमा एक पुरुषले गरे आत्मदाहको प्रयास

बुधबार, माघ १८, २०७९

काठमाडौँ– बागलुङमा एक पुरुषले आफ्नो शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । बागलुङ नगरपालिका–८ सिगाना ओख्रेनीका ५२ वर्षीय शेर बहादुर जिसीले आफ्नै शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।

घरमा कोही नभएको अवस्थामा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ । पेट्रोल छर्केर घाइते अवस्थामा रहेका जिसीको अहिले धौलागिरी अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी गंगा बहादुर थापाले बताए।

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्