क्यानले छुट्यायो खेलाडीको ग्रेड, ज्ञानेन्द्र ‘बी’ ग्रेडमा

बुधबार, माघ १८, २०७९

काठमाडौँ– नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले नेपाली महिला र पुरुष  खेलाडीहरूको वर्गीकरण गरेको छ ।बैठकले २०२३ को केन्द्रीय सम्झौता वर्गीकरण सार्वजनिक गरेको हो । जसअनुसार राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल ‘बी’ गे्रडमा परेका छन् ।

क्यानले गरेको वर्गीकरण अनुसार पुरुषतर्फको ए ग्रेडमा कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी र आसिफ शेख छन् । त्यस्तै ग्रेड ‘बी’मा पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित आरिफ शेख, कुशल भुर्तेल छन् भने ग्रेड ‘सी’मा कमलसिंह ऐरी, विनोद भण्डारी, गुल्सनकुमार झा, अर्जुन साउद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादवलाई राखिएको छ ।

महिलातर्फको वर्गीकरणमा ३–३ खेलाडी ए र बी ग्रेडमा छन् भने ग्रेड ‘सी’मा ६ खेलाडी छन् । रुविना क्षेत्री, सीता रानामगर र कप्तान इन्दु वर्मा ए ग्रेडमा पर्दा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य बी ग्रेडमा परेका छन् ।

महिलातर्फको सी ग्रेडमा कविता जोशी, विन्दु रावल, संगीता राई, ममता चौधरी ज्योति पाण्डे र अप्सरी बेगम छन् ।

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १४:२९
प्रतिक्रिया दिनुहोस्