क्यानको साधारणसभा फागुनमा हुने

बुधबार, माघ १८, २०७९

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा मध्य फागुनमा हुने भएको छ ।

पोखरामा बसेको कार्यसमिति बैठकले १४ र १५ फागुनमा सुर्खेतमा वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।

नेपाल टी–२० लिगका लागि व्यापारिक तथा रणनीतिक साझेदारीका रुपमा भित्रिएको विवादित भारतीय कम्पनी सेभेन थ्रीसँगको सम्झौता रद्ध गर्नेबारे साधारणसभाले निर्णय गर्नेछ । 

नेपाल क्रिकेट संघ (क्यान) आफैंले आयोजना गरेको प्रतिष्ठित भनिएको नेपाल टी–२० लिगमा लाइभ बेटिङ र स्पट फिक्सिङमा साझेदार संस्था सेभेन थ्रीकै प्रत्यक्ष संग्लग्नता भेटिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सार्वजनिक गरिसकेको छ ।
 

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १२:१७
प्रतिक्रिया दिनुहोस्