भारतको आर्थिक वृद्धि छ प्रतिशत बढी हुने प्रक्षेपण

सन् २०२३ मा विश्वको आर्थिक वृद्धि २ दशमलव ९ प्रतिशत हुने प्रक्षेपण
मंगलबार, माघ १७, २०७९

नयाँदिल्ली– अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले चालु आर्थिक वर्षमा भारतको आर्थिक वृद्धि दर ६ दशमलव १ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । 

यो वर्षको एप्रिलदेखि अर्को वर्षको मार्चसम्म कायम रहने भारतको आर्थिक वर्षमा आर्थिक वृद्धि दर ६ दशमलव १ प्रतिशतको सेरोफेरोमा रहने अनुमान आइएमएफले आज गरेको हो । 

सन् २०२३ को आर्थिक वृद्धि दरमा केही सुधार भई  ६ दशमलव ८ प्रतिशत कायम रहने प्रक्षेपण आइएमएफले गरेछ । आन्तरिक मागका कारण आर्थिक वृद्धिमा योगदान हुनेछ । 

आज सार्वजनिक भएको ‘विश्वको आर्थिक परिदृश्य’मा सन् २०२२ मा विश्वको आर्थिक वृद्धि ३ दशमलव ४ प्रतिशत, सन् २०२३ मा २ दशमलव ९ प्रतिशत र सन् २०२४ मा ३ दशमलव १ प्रतिशत हुने अनुमान गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १९:३७
प्रतिक्रिया दिनुहोस्