सीतापाइलामा बस र सुमो ठाक्कियो, १ जनाको मृत्यु

सोमबार, माघ १६, २०७९

काठमाडौँ –काठमाडौंको सीतापाइलमा मिनी बस र सुमो दुर्घटनामा परेको छ । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

कलंकीबाट सीतापाइला जाँदै गरेको बा २ ख ३६ मिनिबस र सीतापाइलाबाट कलंकीतर्फ जाँदै गरेको ना १ ज ३४२१ नम्बरको सुमो एकआपसमा ठोक्किएका थिए ।

रसुवाको गोसाइकुण्ड –६ घर भइ हाल पुतलीसडक बस्ने ५१ वर्षीया यायालम घलेको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना लगतै प्रहरी वृत्त स्वयम्भू र कालीमाटीबाट खटिएका प्रहरी टोलीले घाइतेहरूलाई उद्धार गरी अस्पताल पठाइएका थिए ।

मनमोहन अस्पताल लगिएका ३ जनाको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । यस्तै नेशनल अस्पताल कलंकीमा १ जना गम्भीर घाइतेको उपचार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १४:२२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार