दुर्घटना न्यूनीकरण अध्ययन कार्यदल 

सोमबार, माघ १६, २०७९

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरकारका पूर्वसचिव शरद्चन्द्र पौडेलको संयोजकत्वमा सवारी दुर्घटना न्यूनीकरण अध्ययन कार्यदल गठन गरेको छ ।

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रीस्तरीय निर्णयबाट सवारी प्रदूषण, सवारी सुरक्षा एवं दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन प्रतिवेदन तयारीका लागि सो कार्यदल गठन गरिएको हो ।

कार्यदलको सदस्यमा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) विज्ञानराज शर्मा, पुल्चोक इन्जिनियर क्याम्पसका डा. पदमबहादुर शाही, आइटी इन्जिनियर विजय पौडेल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष वा प्रतिनिधि र यातायात व्यवस्था विभागका महानिर्देशक सदस्यसचिव छन् ।

उक्त कार्यदलले सवारी प्रदूषण, सवारी सुरक्षा एवं दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्नेछ ।
 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १०:४५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार