साउथ जोनले जित्यो प्याब्सन टी –२० को उपाधि

आइतबार, माघ १५, २०७९

पर्सा –प्याब्सनको सातौँ क्रिकेट नक आउट टी–२० प्रतियोगिताको उपाधि साउथ जोन माविले उचालेको छ । साउथ जोन १८ रनले मनकामना माविलाई पराजित गरेको हो । 

छैटौँ संस्करणको विजेता मनकामना माविसँग बदला लिँदै २०७९ को सातौं प्याब्सन टी–२० प्रतियोगिताको उपाधि साउथ जोनले उचालेको हो । 

टस जितेर पहिले ब्याटिङ गरेको साउथ जोनले ९ विकेटको क्षतिमा १४२ रन बनाउन सफल भयो । खेलको ‘म्यान अफ दि म्याच’ पनि उपाध्याय नै घोषित भए । साउथ जोनका कप्तान चन्दन रामले पनि ३० रनको सहकार्य गरे । उनी खेलको ‘म्यान अफ द सिरिज’ बने । प्रतियोगिता अवधिभर खेलमा उच्च प्रदर्शन गरेका मिनील्याण्ड माविका सोनु पटेल बेस्ट ब्याट्स म्यान र बेष्ट बलर मिनील्याण्डकै नितेश पासवान घोषणा भए । 

उनीहरुलाई पदक र ट्रफी प्रदान गरियो।  मनकामना १८.३ ओभरमा अल आउट हुँदा यो पटक साउथ जोन चम्कियो ।

२५ विद्यालय सहभागी प्रतियोगिताका विजेता र उप–विजेता टिमलाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष गोपाल कार्की र प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधानले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे । 

प्रतियोगितामा ३ दशकभन्दा बढी समयदेखि क्रिकेट क्षेत्रमा योगदान गरी जिल्ला, प्रदेश र केन्द्रमा समेत कोचको भूमिका निभाएका पूर्व खेलाडी उमेश उपाध्याय र पत्रकारलाई समेत सम्मान गरिएको थियो । 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १५:४७
प्रतिक्रिया दिनुहोस्