मलेसियाका गृहमन्त्री इजमाइल नेपाल आउँदै

आइतबार, माघ १५, २०७९

काठमाडौँ –मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइल माघ १९ मा नेपालको भ्रमण गर्ने भएका छन् । ११ सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्व गर्दै मलेसियामा गृहमन्त्री इजमाइल आउन लागेका हुन् ।

मलेसियाले तत्काल ५ लाख विदेशी कामदार लैजाने भएपछि नेपालबाट उपलब्ध हुनसक्ने कामदारको अवस्था बुझ्न इजमाइलको नेतृत्वमा उच्चस्तरीय टोली आउन लागेको हो । गृहमन्त्री इजमाइलले गृह मन्त्रालयको समेत कार्यभार समालेका प्रधानमन्त्री पुष्पकमल दाहाल, श्रम, र रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने छन् ।

मलेसियाले औद्योगिक उत्पादन, निर्माण, खेती, प्लान्टेसन र सेवा क्षेत्रमा कामदारको अभाव भएको भन्दै स्रोत देशबाट तुरुन्तै कामदार ल्याउने भन्दै ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ नीति ल्याएपछि मलेसियाले स्रोतदेश पुग्ने नीति ल्याएको हो ।

मलेसियाले नेपाललाई लगातार घरेलु कामदार पठाउन आग्रह गर्दै आएको थियो । नेपालसँगको संवादपछि मलेसियाले अर्को प्रमुख स्रोत देश बंगलादेशका पनि उच्च अधिकारीसमक्ष भेटवार्ता गर्नेछ । 

उनको टोली नेपाल भ्रमण सकेर माघ २१ गते शुक्रबार बंगलादेशका लागि प्रस्थान गर्नेछ ।

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १४:२४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार