दैलेखमा ट्र्रयाक्टरबाट खसेर १ जनाको मृत्यु 

आइतबार, माघ १५, २०७९

काठमाडौँ – दैलेखमा ट्र्याक्टरबाट खसेर १ जनाको ज्यान गएको छ । दैलेखको नारायण नगरपालिका १ गहतारीमा ट्र्याक्टरबाट खसेर नारायण नगरपालिका वडा नं. १० का रमेश विकको ज्यान गएको हो । 


छामघाट खोलाबाट ढुङ्गा लोड गरी किमुगाउँतर्फ जाँदै गरेको भे २ त १४७८ नम्बरको  ट्र्र्याक्टरबाट खसेर उनको मृत्यु भएको दैलेख प्रहरीले जानकारी दिएको छ । 


ट्र्र्याक्टरको टायरले च्यापेको अवस्थामा प्रहरीले उद्धार गरी अस्पताल पुर्याए पनि डाक्टरले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दीपकसिंह विष्टले जानकारी दिए । 

ट्र्र्याक्टरका चालक भगवतीमाई गाउँपालिका–७ बडाभैरवका कृष्णबहादुर विक घटनालगत्तै फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  ०७:१४
प्रतिक्रिया दिनुहोस्