संयुक्त राष्ट्रसंघका महासचिवद्वारा घृणायुक्त भाषण रोक्न आह्वान

शनिबार, माघ १४, २०७९

काठमाडौँ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार घृणायुक्त भाषण, अतिवाद र गलत सूचनालाई रोक्नको लागि ूगार्डरेलू स्थापना गर्न आग्रह गरेका छन ।

अनलाइन संसार मुख्य कारणहरू मध्ये एक हो जसमा घृणायुक्त भाषण, चरम विचारधाराहरू र गलत सूचनाहरू विश्वभर द्रुत रूपमा फैलिएको छ, संयुक्त राष्ट्रसंघका प्रमुखले भनेका छन । उनले  यस किसिमको गलत सूचना र विचारको फैलावटलाई रोक्न सबैसँग आह्वान गरेका छन ।

न्युयोर्कमा संयुक्त राष्ट्रसंघको मुख्यालयमा नरसंहारको सम्झनामा आयोजित कार्यक्रममा संयुक्त राष्ट्रसंघका प्रमुखले  सो धारणा  राखेका हुन्। संयुक्त राष्ट्रसंघ प्रमुखले भने, ‘मानिसहरू यस्तो संसारमा बाँचिरहेका छन् । जहाँ आर्थिक सङ्कटले असन्तुष्टि पैदा गरिरहेको छ । 

जनवादी डेमोगोगहरूले सङ्कटलाई भोट जित्न प्रयोग गरिरहेका छन् ।  गलत सूचना षड्यन्त्र( सिद्धान्तहरू स घृणायुक्त भाषणहरू त्यसका निम्ति व्याप्त बनेको छ, महासविवको टिप्पणी छ ।

महासचिवले सामाजिक मिडिया प्लेटफर्महरू र तिनीहरूका विज्ञापनदाताहरू अतिवादलाई मूलधारमा लैजानमा संलग्न रहेको र इन्टरनेटका धेरै भागहरूलाई ‘घृणा र झुट विवरणका  लागि विषाक्त फोहोर डम्प’ मा परिणत गरिएको उनको तर्क छ ।

प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १९:५३
प्रतिक्रिया दिनुहोस्