कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित

बिहीबार, माघ १२, २०७९

काठमाडौँ- नेपाली कांग्रेसले १५ पुसका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित भएकाे छ ।

बिहीबार मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बैठक अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिएका हुन् । 

'नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७९ माघ १५ गते आइतबार अपरान्ह १ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने भनिएकोमा विशेष कारणवश उक्त बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको छ,'  विज्ञप्तिमा भनिएकाे छ ।

यसअघि पटकपटक सर्दै आएकाे बैठक १५ माघका लागि सारिएकाे थियाे । 

congress1674720069.jpg

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १३:५१
प्रतिक्रिया दिनुहोस्