‘ह्यारी की प्यारी’को नयाँ गीत युट्युवमा सार्वजनिक 

बुधबार, माघ ११, २०७९

काठमाडौँ– फिल्म ‘ह्यारी की प्यारी’को नयाँ गीत युट्युवमा सार्वजनिक भएको छ ।

‘मीठो मीठो’बोलको गीतमा देवाञ्जली जोशी र शौरभ दासले आवाज दिएका छन् । उक्त गीतको शब्द भने डा. कपिल रिजालले लेखेका हुन् ।

माघ २० गतेलाई रिलिज मिति तोकिएको उक्त फिल्ममा प्रमुख भुमिकामा जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह छन् । गीतमा पनि दुई जनाको प्रेमलाई प्रस्तुत गरिएको छ ।

बुधबार मात्रै रिलिज भएको यस गीतमा साम्रज्ञी राज्यलक्ष्मी शाहलाई शालिन अवतारमा देखाइएको छ भने जीतु नेपाललाई गाउले केटाको भूमिकामा देख्न पाइन्छ । 

यस्ताे छ  भिडियाे

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १८:३२
प्रतिक्रिया दिनुहोस्