नेभिगेशन
अर्थतन्त्र विविध

सुनको मूल्य सामान्य घट्यो

काठमाडौँ –नेपाली बजारमा बुधवार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार छापावाल सुन तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको हो । यसअघि मङ्गलबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।  

यस्तै तेजाबी सुन तोलामा १ लाख २ हजार ७०० रुपैयाँमा कारोबार हुँदा बुधवार चाँदीको मूल्य तोलामा १३६५ रुपैयाँ कायम भएको छ । यसअघि मङ्गलवार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 


महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध