नेभिगेशन
अर्थतन्त्र विविध

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं -सुनचाँदीको मंगलबार मूल्य घटेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । छापावाल सुन तोलाको १ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलाको १ लाख ३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।


यस्तै तेजाबी सुन तोलाको एक लाख तीन हजार रुपैयाँमा कारोबार भइहरहेको छ । चाँदीको मूल्य तोलामा २५ रुपैयँले घटेको छ । चाँदी तोलाको एक हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध