नेभिगेशन
अर्थतन्त्र विविध

४ वर्षपछि अर्घाखाँची महोत्सव हुँदै

अर्घाखाँची– अर्घाखाँचीको सन्धिखर्कमा ४ वर्षपछि महोत्सव हुने भएको छ ।


कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीसहित ११ माघदेखि २४ सम्म ‘पाँचौँ अर्घाखाँची महोत्सव–२०७९’ आयोजना गर्न लागिएको उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष प्रदीप मिश्रले जानकारी दिए ।

 

अर्घाखाँची उद्योग वाणिज्य संघ र अर्घाखाँची चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा ‘कृषि, पर्यटन, उद्योग र व्यपार समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने नाराका साथ महोत्सव सञ्चालन हुन लागेको हो ।


त्यस्तै जिल्लामा भएका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गरी पर्यटन भित्र्याउन र स्थानीय उत्पादनको प्रदर्शनलगायतलाई प्राथमिकतामा राखेर महोत्सव आयोजना गरिएको अध्यक्ष मिश्रको भनाइ छ । कोभिड–१९ का कारण विगत ४ वर्षयता महोत्सव सञ्चालन हुन सकेको थिएन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध