नेभिगेशन
अर्थतन्त्र विविध

हजार रुपैयाँ बढ्याे सुनकाे मूल्य

काठमाडौं- नेपाली बजारमा पहेँलाे धातु सुनको मूल्य आइतबार १ हजार रुपैयाँले बढेको छ ।

 

शुक्रबार प्रतिताेला ८०० रुपैयाँले घटेको सुनको मूल्य आइतबार १ हजार रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतिताेला १ लाख ३ हजार ३०० रुपैयाँ तोकिएको छ ।

 

यस्तै, तेजाबी सुन १ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । आज चाँदी १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले नेपाली बजारमा पनि महँगो भएको महासंघले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध