नेभिगेशन
अर्थतन्त्र विविध

आइतबारदेखि जनकपुर र बिराटनगरबाट पनि श्रम स्वीकृति पाइने

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भोलि आइतबारदेखि श्रम कार्यालय जनकपुर र बिराटनगरबाट पनि श्रम स्वीकृति दिने निर्णय गरेको छ ।

 

मन्त्रालयले सूचना प्रकाशित गर्दै वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई छिटो र छरितो रुपमा श्रम स्वीकृ्ति प्रदान गर्न सेवालाई थप विस्तार गर्दै श्रम तथा रोजगार कार्यालय जनकपुर र बिराटनगरबाट संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने व्यवस्था गरेको जनाएको छ ।

 

श्रम स्वीकृति लिन विगतमा जस्तो भौतिक उपस्थितिलाई निरुत्साहित गर्दै अनलाईन प्रणालीमार्फत नै सबै किसिमका श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको जनाइएको छ ।

No description available.

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध