नेभिगेशन
अर्थतन्त्र विविध

मन्त्री भएको भोलिपल्टै व्यवसायीसँग छलफल गर्दै अर्थमन्त्री पौडेल

काठमाडौं– अर्थमन्त्री विष्णु पौडेलले ब्याजद वृद्धिको विरोधमा आन्दोलनरत व्यवसायीलाई छलफलका लागि बोलाएका छन् ।
शपथ लिएर पदभार ग्रहण गरेकै भोलिपल्ट मन्त्री पौडेलले समस्या समाधानका लागि पहल थाल्ने भन्दै व्यवसायीहरूलाई बोलाएका हुन् ।


चर्को ब्याजदर र राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जा मार्गनिर्देशन स्थगित गर्न माग गर्दै गत बिहीबारदेखि मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र सीएनआईको प्रदेश १ समितिले आन्दोलन थालेका थिए ।


मन्त्रिपरिषद्को पहिलो बैठकले नै अर्थतन्त्रलाई प्राथमिकतामा राखेको थियो । यस्तै पदभार ग्रहण गर्ने क्रममा पनि पौडलले संकटपूर्ण अर्थतन्त्र सुधार्ने बताएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध