नेभिगेशन
अर्थतन्त्र विविध

सुनको भाउ फेरि बढ्यो

काठमाडौँ–सुनको भाउ मङ्गलबार फेरि बढेको छ । सुनको भाउ तोलामा एक लाख ७ सय रुपैयाँमा पुगेको छ ।


मङ्गलबारको भाउ सोमबारको भन्दा तोलामा २०० रुपैयाँले धेरै हो । सोमबार सुनको भाउ तोलामा १ लाख ५०० रुपैयाँ थियो ।


चाँदीको भाउ भने मङ्गलबार पनि स्थिर छ । २ दिनयता चाँदीको भाउ घटबढ भएको छैन । चाँदी तोलामा मङ्गलबार पनि १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध