नेभिगेशन
अर्थतन्त्र विविध

महासङ्घलाई जग्गा उपलब्ध गराउने नगरप्रमुखको प्रतिबद्धता

गोलबजार–लहान नगरपालिकाले नेपाल पत्रकार महासङ्घ सिरहा शाखाका लागि १० धुर जग्गा उपलब्ध गराउने भएको छ । 

 

महासङ्घ सिरहा शाखाको १३ औँ साधारणसभामा नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले महासङ्घको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

 

देश र समाज विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने पत्रकारिता क्षेत्रका लागि आफूले कानूनीरुपमा सबै सहयोग उपलब्ध गराउने विश्वास दिलाउँदै प्रमुख चौधरीले समाजको महत्वपूर्ण क्षेत्र पत्रकारिता जनताको पक्षमा हुनुपर्ने बर्ताए । कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य ललिता साह र महासङ्घ सिरहा शाखाका अध्यक्ष मनोज बनैताले महासङ्घको भवन निर्माणका लागि आवश्यक सहयोग गर्न आग्रह गरे । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप अर्थतन्त्र विविध