गगन थापालाई प्रधानमन्त्री बन्न नदिनको लागि सेटिङकाे अफवाह फैलिएको हो: बद्री भट्टराई

आइतबार, मंसिर ११, २०७९

काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यसपटकको चुनावमा आफू प्रधानमन्त्री बन्ने एजेण्डा उठाए ।


चुनावी कार्यक्रमहरूमा उनले चुनाव जितेपछि आफूले कांग्रेस संसदीय दलको नेताको चुनाव लड्ने, जित्ने र त्यसपछि कांग्रेसको तर्फबाट सरकारको नेतृत्व गर्ने बताए ।


काठमाडौं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका र अरु पनि केही स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिए । यस्तै, स्वतन्त्र पार्टीका सन्तोष प्रधान लगायत धेरैले फिर्ता लिए । तर  अहिले गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार उठ्न नदिएर सेटिङ गरिएको एउटा ‘आरोप’ फैलाएको छ । गगन थापाले आफू हार्ने डरले स्वतन्त्र पार्टीसँग सेटिङ गरिएको अफवाह मात्र भएको क्षेत्र नं ४ का क्षेत्रीय सचिव बद्री भट्टराईले बताए । 


यस्तो आरोप लगाउनु मतदाता माथि प्रहार भएको भट्टराई बताउँछन् । मतदाताको घर दैलामा जाँदा आमाबुबा, कलेज जाने केटाकेटीले जुन सदाशयता, सद्भाव देखाएका छन्, त्यस्तो कुरा पनि सेटिङमै हुन्छ र रु उनले प्रतिप्रश्न गरे । 


जब उनी कुनै कुराको एटेप्ट गर्छन्, यस्तो आरोप लाग्ने गरेका छन् । जब पहिलो चोटी महामन्त्रीमा उठे । त्यतिबेला उनलाई गगनका ससुरा अर्जुन नरसिंह केसीलाई महामन्त्री बनाउन र भोट काट्नको लागि मात्र उठेको बताइन् । तर उनले दोस्रो पटक महामन्त्री भइछाडे । उनी जे जे गर्न खोज्छन्, पार्टी भित्र र बाहिर यस्ता विभिन्न खाले आरोप लाग्ने गरेको छ । 


अहिले प्रधानमन्त्री तथा संसदीय दलको नेता भन्ने कुरामा पनि उनको मनोबल गिराउन र अघि बढ्न नदिने हेतुले अहिले यो सेटिङको कुरा बाहिर आएको भट्टराई बताउँछन् । 

उनले जनताको चाहना र कार्यकर्ताले के चाहिरहेको बुझ्नु पर्ने पनि बताए । 

गगन थापाले प्रत्येक स्वतन्त्र उम्मेदवारलाई भेटेका थिए । उनले आफूले परिवर्तन गर्न चाहेको र यो परिवर्तनमा तपाईंको सहयोग चाहियो भनेका थिए । हो, गगन थापाले चाहेको परिवर्तन र उनीहरूले गर्न चाहेको परिवर्तनको ‘ट्युनिङ’ मिलेको कारण धेरैले उम्मेदवारी फिर्ता गरेको उनले क्यानडा नेपाललाई बताए । 


कांग्रेसको मत परिणाममा कम सिट आइरहन्दा अन्य निर्वाचन क्षेत्रमा गगन थापाले सहयोग नगरेको आरोप पनि लाग्ने गरेको छ । महामन्त्रीको रुपमा उनको जिम्मेवारी पनि हो । तर प्रत्येक उम्मेदवारले आफ्नो क्षेत्रमा आफै व्यवस्थित गर्नुपर्ने उनको धारणा छ । उनले भने– ‘गगन थापाको इलेक्सन पोलिसीबाट धेरै उम्मेदवारले सिक्नुपर्छ । गगन थापाले राम्रो इलेक्सन पोलिसी गरेका कारण नै ७ हजार भन्दा बढी मतान्तरले विजयी भएका हुन् ।’


उनले यो चर्चा कुनै पनि खालको बार्गेनिङको लागि होइन्, भट्टराई भन्छन्, उहाँको मिसन नै प्रधानमन्त्री हो । उहाँले जुन युवा पुस्ता र पुस्ता पुस्ताको सेतु बनिरहनु भएको छ, सबैको भरोसा पाइरहनु भएको छ । त्यसैले पनि उहाँ अब प्रधानमन्त्री बन्नै पर्छ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँलाई समर्थन गर्नुपर्छ, संसदीय दलको नेताको लागि प्रस्ताव गर्नुपर्छ– उनले भने । 
(कुराकानीमा आधारित)

 

 

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  १३:४५
प्रतिक्रिया दिनुहोस्