नेभिगेशन
मनोरञ्जन

बलिउड अभिनेत्री सबाना आजमी काठमाडौँ आउने

काठमाडौँ–बलिउड अभिनेत्री सबाना आजमी काठमाडौं आउने भएकी छन् । आगामी मंसिर ९ गते काठमाडौँमा सुरु हुने दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा सहभागी हुन उनी काठमाडौं आउन लागेकी हुन् । उनी विशेष अतिथिका रुपमा महोत्सवमा सहभागी हुने मण्डला थिएटरले जानकारी दिएको छ । मण्डला थिएटरका अनुसार अभिनेत्री आजमीले मंसिर १० गते बिहान साढे ७ बजे महोत्सवमा ‘मास्टर क्लास’ लिनेछिन् । ७२ वर्षीया आजमी भारतकी प्रसिद्ध अभिनेत्री हुन् । उनले पाँच वटा नेशनल फिल्म अवार्ड, ५ वटा फिल्मफेयर अवार्ड जितेकी छन् । चलचित्र क्षेत्रमा पु¥याएको योगदानका लागि उनलाई भारत सरकारले सन् २०१२ मा पद्म भूषणबाट सम्मानित गरेको थियो । महोत्सवमा ६ वटा नेपाली नाटक र विश्वका विभिन्न देशका १६ वटा नाटक मञ्चन हुनेछन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

एज इज जस्ट नम्बर, रबिना