नेपालसँग एक दिवसीय शृङ्खला खेल्ने युएई टिमको घोषणा

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ–नेपालसँग तीन वटा एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने युएईको टिम घोषणा भएको छ । इमिरेट्स क्रिकेट बोर्डले शनिबार सीपी रिजवानको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेका हो । युएईको टोली शनिबार नै राति नेपाल आईपुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपाल र युएईबीच त्रिवि क्रिकेट मैदानमा कात्तिक २८, ३० र मंसिर २ गते खेल हुनेछ ।  
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:३३
प्रतिक्रिया दिनुहोस्