विश्वकप खेल्ने उरूग्वे टिमको घोषणा

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ–स्ट्राइकर लुइस सुआरेज, एडिन्सन काभानीसहित दिग्गज खेलाडीहरू समेट्दै उरूग्वेले कतारमा हुने विश्वकपका लागि टोली घोषणा गरेको छ । प्रशिक्षक डिएगो अलोन्सोले बिहीबार सार्वजनिक गरेको टोलीमा नियमित सदस्यहरुलाई नै आफ्नो टोलीमा समावेश गरेका छन् । ३५ वर्षीय सुआरेज र काभानीले चौथो तथा अन्तिम विश्वकप खेल्ने अपेक्षा गरिएको छ । टोलीका अन्य तीन अनुभवी सदस्यहरूलाई पनि स्थान दिइएको छ । गोलरक्षक फर्नान्डो मुस्लेरा, डिफेन्डर डिएगो गोडिन र मार्टिन कासेरेस पनि कतारमा हुनेछन् । चोटका कारण पछिल्लो समय बार्सिलोनाका खेल गुमाइरहेका डिफेन्डर रोनाल्ड अराउजोलाई पनि अलोन्सोले स्थान दिएका छन् । उरुग्वे समूह एच मा पोर्चुगल, दक्षिण कोरिया र घानासँगै छ । कतारमा टोलीको पहिलो खेल नोभेम्बर २४ मा दक्षिण कोरियासँग हुनेछ । यस्तो छ टिम गोलरक्षक : फर्नान्डो मुस्लेरा, सर्जियो रोचेट, सेबास्टियन सोसा डिफेन्डर : डिएगो गोडिन, जोसे मारिया गिमेनेज, सेबास्टियन कोट्स, मार्टिन कासेरेस, रोनाल्ड अराउजो, माथियास भिना, माथियास ओलिभेरा, विलियम भेरेला, जोस लुइस रोड्रिगेज मिडफिल्डर : म्याथियास भेसिनो, रोड्रिगो बेन्टानकुर, फेडेरिको भालभर्डे, लुकास टोरेरा, म्यानुअल उगार्टे, फाकुन्डो पेलिस्ट्री, निकोलस डेला क्रुज, जिओर्गिन डे अरास्केइटा, अगुस्टिन कानोबिओ र फाकुन्डो टोरेस फरवार्ड : डार्विन नुनेज, लुइस सुवारेज, एडिन्सन काभानी र म्याक्सिमिलियानो गोमेज
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:२३
प्रतिक्रिया दिनुहोस्