नेभिगेशन
समाचार

राजनीतिक उपलब्धि रक्षाका लागि गठबन्धनलाई मतदान– मन्त्री श्रेष्ठ

काठमाडौँ–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जनताको सङ्घर्षबाट मुलुकमा प्राप्त राजनीतिक उपलब्धिका साथै संविधानको रक्षाका लागि जनताले गठबन्धनको साझा उम्मेदवारलाई मतदान गर्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ काठमाडौँ उपत्यका प्रदेश समितिद्धारा आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले निर्वाचनमा नेपाली कांग्रेस र कम्युनिष्ट शक्तिबीच भएको गठबन्धन ऐतिहासिक भएको बताउँदै निर्वाचनपछि सरकार निर्माणमा पनि अहिलेको गठबन्धनलाई निरन्तरता दिइने बताए। आसन्न चुनावमा जनसहभागिता बढाउन सञ्चार क्षेत्रको निष्पक्षतामा उहाँले जोड दिए । मन्त्री श्रेष्ठले अद्यावधिक निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउने बताउँदै त्यसका लागि यथार्थपरक सूचनाले जनसहभागिता वृद्धि गर्ने बताए । सोही उपत्यका प्रदेश समितिका अध्यक्ष श्रीजन झाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदातालाई सत्यतथ्य र निष्पक्ष सूचना प्रवाह गर्नुपर्नेमा जोड दिँदै जनताले प्रकट गरेको जनमतकाबारे यथार्थ तथा तथ्यपूर्ण सूचना उपलब्ध गराउन आफ्नो संस्थाले समन्वयकारी भूमिका निर्वाह गर्ने बताए। समितिका उपाध्यक्ष रोजिना थापा र महासचिव टेकबहादुर रोकाले निर्वाचनलाई भयरहित र पारदर्शी बनाउन सञ्चार क्षेत्रको निष्पक्ष भूमिकाको खाँचो औँल्याए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार