नेभिगेशन
समाचार

देश विकासका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यकः अध्यक्ष ओली

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताउनुभएको छ । झापाको दमकमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न पार्टी आए पनि तीनका विचार, व्यवहार हेरेर मात्रै मङ्सिर ४ गते हुने निर्वाचनमा मतदान गर्न आग्रह गरे। उनले अरु पार्टीमा देश बनाउने नीति नरहेको आरोप लगाउँदै आम मतदाताको रोजाइ एमाले रहेको समेत बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार