नेभिगेशन
समाचार

आचारसंहिता विपरीत रेसुङ्गाका प्रमुख प्रचारमा

गुल्मी–गुल्मीको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थी निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विपरीत पार्टीको चुनावी प्रचारमा देखिएका छन् । आयोगले निर्वाचित जनप्रतिनिधिलाई आफ्नो पालिकामा पार्टीको चुनावी प्रचारमा रोक लगाएको छ । तर नगरप्रमुख पन्थी आचारसंहिता विपरीत आफ्नै नगरमा चुनावी प्रचारमा दिनहुँ खटिने गरेका छन् । नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा गुल्मी–१ का उम्मेदवार चन्द्र भण्डारी र सोही क्षेत्र ‘ख’ का उम्मेदवार धनेन्द्र कार्कीसँग उनी प्रचारमा देखिएका हुन् । रेसुङ्गा नगरपालिका–८ स्थित भगवती मन्दिर नजिक आयोजित कार्यक्रममा उनले कांग्रेस नेता भण्डारी र कार्कीको प्रचार सभामा पुगेर मत मागेको तस्बीर सार्वजनिक भएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार