नेभिगेशन
समाचार

आयोगको निर्देशन अवज्ञा गरिए सह्य हुन्नः प्रमुख आयुक्त थपलिया

काठमाडौँ–प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनको अवज्ञा गर्ने दुस्साहस भएमा सह्य नहुने चेतावनी दिएका छन् । निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले युवाहरुका सङ्घ संस्था र युवा प्रतिनिधिसँग बुधबार आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख निर्वाचन उनले राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकाय र सम्बन्धित पक्षले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहितरुपमा सम्पन्न गराउन सघाउनुपर्ने भएकाले आचारसंहिताको उल्लघङ्न र निर्देशनको अवज्ञा भएमा उल्लङ्घनकर्तालाई महँगो पर्नसक्ने चेतावनी दिए । उनले केही स्थानीय तहले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न नसक्ने जानकारी गराएको सन्दर्भमा ती तहलाई कारबाही हुने स्पष्ट गरे । युवालाई सामाजिक सञ्जाल र अन्य माध्यमको उपयोग गरी निर्वाचनको सकारात्मक प्रचारप्रसार र मतदाता शिक्षा दिन आग्रह गर्दै उनले आचारसंहिताको उल्लघङ्न पाइएमा जुनसुकै माध्यमबाट उजुरी दिने सकिने अवगत गराए । उनले निर्वाचनमा जित्नेभन्दा पराजित हुने उम्मेदवारको सङ्ख्या धेरै हुने भएकाले निर्वाचनपछिको राजनीतिक वातावरण धुमिल हुन नदिन र सौहार्दता कायमका लागि पनि युवाले सकारात्मक भूमिका खेल्न सक्ने उल्लेख गरे ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार