नेभिगेशन
समाचार

महोत्तरी १ (क) मा राप्रपा नेपालको समर्थन सत्ता गठबन्धनलाई

महोत्तरी–कमल थापा नेतृत्वको राप्रपा नेपालले सत्ता गठबन्धनका साझा उम्मेदवार पिताम्बर महतोलाई सहयोग गर्ने भएको छ । महोत्तरी १ (क) की राप्रपा उम्मेदवार रङ्गीता कर्णले उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गर्दै लोसपाका उम्मेदवार महतोलाई सहयोग गर्ने बताएकी हुन् । बुधबार आयोजित कार्यक्रममा कर्णले प्रदेशमा जित्ने उम्मेदवार महतो नै भएको र मुद्दाहरू समेत ठिक रहेकोले सहयोग गरेको बताइन् । राप्रपा नेपालबाट प्रतिनिधिसभा उम्मेदवार सञ्जीवकुमार साहले भने उम्मेदवारी कायमै राखेका छन् । उम्मेदवारी निष्क्रिय बनाएर कर्ण माओवादी केन्द्रमा समेत प्रवेश गरेकी छन् । उनीसँगै २ दर्जन युवा माओवादीमा प्रवेश गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार