नेभिगेशन
समाचार

निश्चिललाई दिपकको प्रश्न, ‘हामीले सपोर्ट गरेकाले देशलाई खाल्डोमा हाल्दैनन् भन्ने के ग्यारेन्टी छ ?’

काठमाडौं - अभिनेता दीपकराज गिरीले अर्को अभिनेता निश्चिल बस्नेतलाई हामीले सपोर्ट गरेकाले देशलाई खाल्डोमा हाल्दैनन् भन्ने केही ग्यारेन्टी छ ? भनेर प्रश्न गरेका छन् । गिरीले आफू कलाकार भएको सबै उम्मेदवारलाई एउटै रुपमा हेर्ने बताएपछि गरेको टिप्पणीको जवाफ दिँदै गिरीले बस्नेतलाई यस्तो प्रश्न गरेका हन् ।

समसामयिक घटनाक्रमलाई लिएर सामाजिक सञ्जालमा धारणा राखि हाल्ने गरीले कलाकार गहना हुन् । सबैको साझा हो । कुनै पक्षमा लाग्नु राम्रो हैन भन्ने विषयमा बस्नेतले देशलाई गहिरो खाडलबाट बाहिर ल्याउने कर्तव्य कलाकारको भएको टिप्पणी गरेका थिए ।

उक्त टिप्पणीमा गिरीले भनेका छन्, ‘वकिलले राम्रो गरेन वकिल खोज्ने, डाक्टरले राम्रो गरेन डाक्टर बन्न जाने, मन्त्रीले राम्रो गरेन मन्त्री खोज्न जाने गरेर साध्य चल्दैन ब्रदर। आफू जे हो त्यो काम इमान्दार भएर गर्नुपर्छ भन्ने आशय मात्रै हो। हामीले सपोर्ट गरेकाले पनि देशलाई खाल्डोमा हाल्दैनन् भन्ने केही ग्यारेन्टी छ र ब्रदर ?’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार