नेभिगेशन
समाचार

गुल्मीमा अर्बौंको आयोजना ल्याएको एमाले नेता ज्ञवालीको दाबी

गुल्मी–नेकपा एमालेका उपमहासचिब तथा गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रदीप ज्ञवालीले गुल्मी–१ मा अर्बौंका राष्ट्रिय महत्वका आयोजना ल्याएको दाबी गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा प्रचारप्रसारका क्रममा एमाले नेता ज्ञवालीले राष्ट्रिय स्तरमै महत्वपूर्ण आयोजना जिल्लामा ल्याएको दाबी गरेका हुन् । २०७४ को निर्वाचनमा गुल्मी–१ बाट आफू निर्वाचित भइसकेपछि ५ वर्षको अवधिमा राष्ट्रिय महत्वका धेरै आयोजनाले स्थान पाएको र सडक निर्माण र ठूला अयोजनाहरु अगाडी बढेको उनले बताए । नेता ज्ञवालीले कालीगण्डकी करिडोरमा ६ अर्ब रुपैया बिनियोजन भएर काम भइरहेको पनि बताए । त्यस्तै राजमार्ग नं १९ (रिडी–खज्र्याङ–बलकोट–दाङ–सुर्खेत) को लागि २ अर्ब ६२ करोड र रुरु क्षेत्रको तटबन्ध बनाउन ५५ करोड लागतको रुपैया विनियोजन भएको हुनको भनाइ छ । चोरकाटे–शान्तिपुर सडक निर्माणको लागि ५५ करोड रुपैया पनि सुनिश्चित गरिसकिएको उनले बताए । मंसिर ४ मा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा गुल्मी–१ बाट ज्ञवाली र गठबन्धनबाट नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी बीच प्रतिस्पर्धा हुँदैछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार