नेभिगेशन
समाचार

प्रदेश–१ का वनमन्त्री तथा प्रदेशसभा उम्मेदवार थापाको निधन

विराटनगर–प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । ५६ वर्षिय थापा केही दिनअघि डेंगीबाट संक्रमित थिए । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा उनको बुधबार निधन भएको हो । मोरङ–३(क) मा कांग्रेसबाट प्रदेशसभा उम्मेदवार रहेका थापा उम्मेदवारी दर्ताको भोलिपल्ट २४ असोजमा काठमाडौंको ह्याम्स अस्पताल भर्ना भएका थिए । अस्पताल भर्ना भएपछि उनले चुनाव प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रममा सहभागी हुन नसकेको भन्दै सामाजिक सञ्जालमार्फत् भन्दै क्षमा मागेका थिए । उनलाई मङ्गलबार काठमाडौँको ह्याम्सबाट विराटनगरस्थित नोबेल अस्पताल सारिएको थियो । विराटनगरमा परीक्षणका क्रममा थापालाई निमोनियासमेत देखिएको थियो । पथरी शनिश्चरे–८ स्थायी घर भएका थापा लामो समय यसअघि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिवको भूमिका पनि निर्वाह गरेका थिए । उनका श्रीमती, १ छोरा र १ छोरी छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार