नेभिगेशन
समाचार

मतदाताले प्रकाशमानलाई सोधे– मेलम्चीको पानी कहिले आउँछ ?

काठमाडौँ–काठमाडौं क्षेत्र नं १ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार रहेका प्रकाशमान सिंहलाई मतदाताले मेलम्चीको पानीलाई लिएर गुनासो गरेका छन् । बुधबार आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रम गरेका सिंहलाई मतदाताले ‘मेलम्चीको पानी कहिले आउँछ ?’ भनि प्रश्न गरेका थिए । मतदाताले मेलम्ची पानीको बारे गुनासो गरेको बताउँदै आफूले जनतालाई केही समय कुरिदिन आग्रह गरेको सिंहले बताए । सिहंले विगत ५ वर्षमा आफ्नो नेतृत्वमा भएको भौतिक विकासले मतदाताको मन जित्न सफल भएको दाबी समेत गरे । काठमाडौं क्षेत्र नं १ का मतदाताले आफूलाई तीन पटक विश्वास गरेको तर सुरुको दुई पटक संविधान निर्माणमा व्यस्त रहनु परेकाले भौतिक विकासमा त्यति समय दिन नसके उनले बताएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार