नेभिगेशन
समाचार

माओवादीबाट यी हुन् बाग्मती प्रदेशको मुख्यमन्त्रीका प्रमुख दाबेदार

काठमाडौं - आगामी मंसिर ४ मा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको लागि सत्ता गठबन्धन दलहरु गठबन्धन गरेर निर्वाचनमा होमिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद् विघटनको विरुद्ध एक भएका यी ५ दलीय गठबन्धन निर्वाचनमा समेत एक भएर गएका छन् ।

पाँच दलीय गठबन्धनका शीर्ष नेताहरु एक भएर निर्वाचनमा लागे पनि स्थानीय र जिल्ला स्तरमा नेताहरु नमिलेको कारण अहिले पूर्ण रुपमा गठबन्धन भने भएको छैन । गठबन्धनमा आबद्ध दलहरु अहिले जसरी पनि चुनाव जित्ने ध्याउनेमा मात्र होइन उनीहरु आफू निर्वाचित भएपछि केन्द्रदेखि प्रदेश सरकार कसले चलाउने भन्नेसम्मको तयारीमा लागेका छन् ।

निर्वाचन जितेको अवस्थामा माओवादी भित्र विभिन्न  व्यक्तिको मुख्यमन्त्री बन्ने चर्चा छ । जसमा सबैभन्दा बढी चर्चा ३ जनाको रहेको छ ।

त्यही तयारी अनुसार बाग्मती प्रदेशमा माओवादीले सरकार सञ्चाल गर्ने अवस्था आए ३ जनामध्ये एकले प्रदेशको नेतृत्व गर्ने सम्भावना रहेको छ । अर्थात् उनीहरुमध्ये एक जना मुख्यमन्त्री बन्ने सम्भावना रहेको चर्चा माओवादी भित्र चर्चा सुरु भएको छ ।

मओवादी केन्द्र भित्र मुख्यमन्त्रीको चर्चा हुनेमा रामेछापको प्रदेशसभा ‘ख’बाट माओवादीको उम्मेदवार रहेको युवराज चौलागाईं, सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ बाट उम्मेदवार रहेका सरल सहयात्री पौडेल र धादिङ क्षेत्र नम्बर १ को ‘ख’ बाट उम्मेदवार रहेका शालिकराम जम्कट्टेल रहेका छन् ।

लामो समय पार्टीको विदेश विभागमा रहेर काम गरेको चौलागाईं विद्यार्थी राजनीतिकबाट स्थापित नेता हुन् । भने उनी अहिले माओवादीको पोलिटव्यूरो सदस्य छन् । उनी पहिलो पटक निर्वाचनमा उम्मेदवार भएका छन् ।

त्यस्तै विद्यार्थी राजनीतिकै पृष्ठभूमिबाट राजनीतिमा स्थापित पौडेल माओवादी केन्द्रको बाग्मती प्रदेश समितिको अध्यक्ष हुन् । उनी माओवादी बाग्मतीको पहिलो निर्वाचित अध्यक्ष हुन् । उनी यसअघिको संघीय निर्वाचनमा पराजित उम्मेदवार हुन् ।

जम्कट्टेल धादिङको पूर्वसांसद तथा बाग्मती प्रदेशको पूर्व आर्थिक मामिला तथा योजना मन्त्री हुन् । उनी मजदुर नेताको रुपमा स्थापित नेता हुन् । जमरकट्टेल माओवादीको पोलिटव्यूरो सदस्य हुन् ।

यद्यपी माओवादीबाट अन्य उम्मेदवारहरुको पनि मुख्यमन्त्री भन्ने सम्भावना रहेको माओवादीका नेताहरुले बताउँने गरेको छ । जसमा पूर्वप्रदेश उपसभामुख राधिका तामाङ, पूर्वमन्त्री युवराज दुलाल, लगायतको पनि नाम आउने गरेको छ ।

सत्ता गठबन्धन दलको मुख्य घटक दल माओवादीले बाग्मती प्रदेशसभामा जम्मा २३ जना उम्मेदवार उठाएको छ । उम्मेदवार उठेकोहरुले जितेको अवस्थामा अहिले चर्चामा रहेकाहरु नै निर्वाचन पछिको मुख्यमन्त्री वा मन्त्री बन्ने पहिलो लाइनमा रहेको माओवादी नेताहरुले बताउँने गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार