नेभिगेशन
समाचार

निर्वाचन आयोगले सोध्यो प्रचण्ड र नारायणकाजीसँग स्पष्टीकरण

काठमाडौँ–निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग स्पष्टीकरण सोधेको छ । निर्वाचन प्रचारप्रसारका क्रममा टोपी प्रयोग गरेको सम्बन्धमा उनीहरुसँग स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका प्रचण्ड उपस्थित कार्यक्रममा हसिय हतौडा संकेत रहेको नेपाली टोपी प्रयोग गरेको उजुरीको आधारमा आयोगले स्पष्टिकरण सोधेको हो । उक्त कार्यक्रममा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष श्रेष्ठ दुवै उपस्थित भएका कारणले आयोगले उनीहरु दुवै जनासँग स्पष्टीकरण सोधेको जनाएको छ । निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (घ) मा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने व्यवस्था रहेको छ । निर्वाचन प्रचारप्रसारको लागि टोपीको प्रयोग गर्ने कार्यबाट निर्वाचन आचारसंहिताको उक्त दफा उल्लंघन हुने देखिएकाले पत्र प्राप्त भएको २४ घण्टाभित्र र्वाचन आयोग नेपाल वा सम्बन्धित जिल्ला निर्वाचन कार्यालय प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न आयोगले भनेको छ । रवि लामिछानेलाई पनि स्पष्टीकरण यस्तै “रवि लामिछानेलाई विजयी बनाऔँ, यसपालिको मतदान रवि लामिछानेलाई” भन्ने ब्यहोरा छापिएको टोपी प्रयोग गरेको भनी आएको उजुरीका आधारमा लामिछानेलाई स्पष्टीकरण सोधिएको छ । निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा १ को खण्ड घमा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झन्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने व्यवस्था रहेको छ। यस्तै जनता समाजवादी पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि बाँके क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इस्तियाक राईलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचनको प्रचारप्रसारको क्रममा राईले डुडुवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरी (पप्पु) का विरुद्ध अपमानजनक अभिव्यक्ति दिएको उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो । यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्यका लागि महोत्तरी क्षेत्र नं। ३ का उम्मेदवार महन्थ ठाकुर, नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्यका लागि दाङ क्षेत्र नं ३ ९२० का उम्मेदवार हुकुम बहादुर बस्नेत तथा प्रतिनिधि सभा सदस्यका लागि झापा -२ का स्वतन्त्र उम्मेदवार भद्र प्रसाद नेपाललाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण पत्रमा ठाकुरले बालबालिकालाई आफ्नो निर्वाचन चिन्ह अङ्कित पम्प्लेट लिई वितरण गर्न हिँडिरहेको देखिने सामग्री संलग्न गरी आयोगमा उजुरी प्राप्त भएको, बस्नेतले आफ्नो निर्वाचन प्रचारप्रसार गर्दा बालबालिकाको प्रयोग गरेको फोटो समेतको सामग्री आयोगमा प्राप्त भएको, तथा नेपालले बालबालिकाको समूहमा हात मिलाउँदै ‘भोट के मा खुकुरीमा’ भनी नारा लगाउन लगाएको देखिने श्रव्य दृश्य सामग्री समेत संलग्न गरी आयोगमा उजुरी प्राप्त भएको उल्लेख छ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार