नेभिगेशन
समाचार

शिक्षालाई राजनीतिबाट मुक्त गर्नुपर्छः पूर्वमन्त्री प्रधान

काठमाडौँ–नेपाली कांग्रेसका नेता एवं पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले शिक्षालाई राजनीतिक क्षेत्रबाट मुक्त गर्नुपर्ने बताएका छन्। वुद्धिजीवी तथा पेशागत समूहले आज यहाँ आयोजना गरेको ‘आगामी निर्वाचनका बारेमा लोकतन्त्र पक्षधर उम्मेदवार र विज्ञताबीचको अन्तक्र्रिया कार्यक्रम’ मा बोल्दै उनले शिक्षालाई राजनीतिकबाट मुक्त गर्न सकेमात्र देशको विकास हुने बताए । “राजनीतिलाई सही दिशामा लैजानका लागि बुद्धिजीवी, पेशागत र नागरिक समाजको महत्वपूर्ण भूमिका रहन्छ”, उनले भने । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्य बनेका नेता प्रधानले निर्वाचनमा सही विवेक प्रदान गर्न मतदातालाई आग्रह गरे। पूर्वमन्त्री नरहरि आचार्यले देश अफ्ठ्यारो अवस्थामा गएको भन्दै यतिबेला मतदाताले सही विवेकको प्रयोग गर्नुपर्ने बेला आएको बताए । “हरेक कुरामा बुद्धिजीवी र पेशागत समुदायले भिन्न मत राख्न सक्छन् तर देशलाई अफ्ठ्यारो परेको बेलामा एक ठाउँमा जुट्छन्”, उनले भने ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार