नेभिगेशन
समाचार

मलाई चुनाव प्रचारप्रसारमा डडेल्धुरामा रोक लगाइएको छः सागर ढकाल

डडेलधुराबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले आफूलाई चुनाव प्रचार–प्रसार गर्न नदिइएको गुनासो गरेका छन् । सोमबार उनले फेसबुक पेजमा स्ट्याटस लेख्दै आफूलाई चुनाव प्रचार गर्न नदिइएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले कानून उल्लंघन गर्दा प्रशासनले आँखा चिम्लिएको तर, आफूलाई भने चुनावी प्रचारको लागि माइकिङ गर्न पनि नदिइएको उनले बताए । उनले फेसबुकमा लेखेका छन्, ‘मलाई जोगाइदिनुहोस्– जनता गुहार्नु बाहेक केही बाँकी रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ, कुरा गर्नु नगर्नु बेकार छ । मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार